प्रधानमन्त्री प्रचण्डले सत्तारूढ १० दलको बैठक आह्वान

29

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ १० दलको बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्ष ०८०/०८१ सालको नीति तथा कार्यक्रमबारे सुझाव लिन सत्तारूढ १० दलको बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

बैठक दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने भएको छ। ‘आगामी नीति तथा कार्यक्रमका विषयमा सुझाव लिन दिउँसो २ बजे प्रधानमन्त्रीज्यूले सत्तारूढ १० दलको बैठक बोलाउनु भएको छ,’ उनले थाहाखबरसँग भने।

बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुने सल्लाहकार आचार्यले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here