काठमाडौं / निर्वाचनको परिणाम सार्वजनिक पश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दैै आफ्ना विपक्ष विजेता कांग्रेसलाई बधाई दिएका छन् ।
ट्विटरमा ट्विट गर्दैै ‘हारजीत जिन्दगीको हिस्सा हो । म कार्यकर्ताको मिहनेतलाई सलाम गर्छु’ भन्ने धारणा व्यक्त गरेका छन् । विधानसभा चुनावमा आफ्ना कार्यकर्ताले दिनरात मिहिनेत गरेको भन्दै उनले प्रशंसा गरेका छन् ।
बहुमतसहित केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी ९भाजपा०ले हार व्यहोरेका छन् । मध्यप्रदेशमा बहुमतका लागि दुई सिट कम छ भने राजस्थान र छत्तीसगढमा कांग्रेसको एकल बहुमत पुगेको छ । भरतीय राष्ट्रिय कांग्रेसले जस्थानमा १०१, मध्यप्रदेशमा ११४ र छत्तीसगढमा ६८ स्थानमा जित हासिल गरेको छ । कांग्रेसको मिजोरममा २९ र तेलगंनामा १६ सिट घटेको छ । मिजोरममा २६ सिट जितेर बहुमत ल्याएको मिजु नेसनल फ्रन्ट ९एमएनएफ० र तेलंगनामा ८८ स्थानमा जित हासिल गरेको टिआरसीलाई पनि मोदीले बधाई दिएका छन् ।
भारतका पाँच राज्यको विधानसभा निर्वाचनमा पहिलेको निर्वाचनको तुलनामा १८५ सिट गुमाएपछि मोदीले पराजय स्वीकार गरेका हुन् ।
राजस्थानमा ९०, मध्यप्रदेशमा ५७, र छत्तीसगढमा ३४ सिट गुमाएको भाजपा तीन वटै राज्यमा दोस्रो ठूलो दल बनेको छ । अघिल्लो चुनावमा पाँच सिट जितेको तेलंगनामा भाजपाले एक सिट मात्रै जितेको छ भने मिजोरममा पहिलो पटक एक सिट जित्न सफल भएको छ ।
नतिजा सार्वजनिक भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पराजय स्वीकारर्दै दिए कांग्रेसलाई बधाई दिएको छ । जनताको म्यान्डेट स्विकार्य भएको जनाउँदै तीनवटै राज्यमा आफ्नो पार्टीको सरकारले अथक रुपमा जनताको काम गरेको मोदीको भनाइ छ ।


















