तुलसिपुर / एक समारोहबिच तुलसिपुरमा गण्डकी बिकाश बैकको शाखा समुदघाटन भएको छ । बुधबार एक कार्यक्रमकाबीच तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले रिवन काटेर बैकको ७१ औ शाखा तुलसिपुरमा उदघाटन गर्नुभएको हो ।

सो अवसरमा मेयर पाण्डेले आम जनतालाई उधमसिलता र आर्थिक अवस्थालाई चलायमान बनाउन बंैकहरुको भुमिका महत्त्वपूर्ण हुनुपर्ने जनाउनुभयो ।
उहाँले समाजमा हुने हरेक आर्थिक कारोबारहरु बैङ्किङ प्रणालिबाट गर्न समेत सबैलाई अनुरोध गर्नुभयो । मेयर पाण्डेले आर्थिक पारदर्शिता र सुरक्षाका लागि पनि बैङ्किङ सेवा अनिवार्य बन्दै गएको जनाउनुभयो ।
उहाँले जनताका बिचमा हुदै गरेका अनौपचारिक र नगद पुजिलाई बैक सम्म ल्याउन आफु लागिपरेका भन्दै तुलसिपुर क्षेत्रमा अनियमित तरिकाबाट सञ्चालन भैरहेका ढिकुटि र मिटर ब्याज लगाउने प्रबृत्ति लाई सबै मिलेर रोक्नुपर्ने जनाउनुभयो।
अर्को प्रसङगमा बोल्दै मेयर पाण्डेले गण्डकी विकास बैंकले तुलसिपुरमा शाखा खेल्ले पछि तुलसिपुर र पोखराको आर्थिक, पर्यटकीय र भाबनात्मक सम्बन्धको बिकास हुने सम्भावना बढेर गएको जनाउनुभयो ।
उहाँले भविष्यमा तुलसिपुरको विकासका लागि सुन्दर नगरि पोखरा सम्म सिधा हवाई उडान गर्न सकिने समेत धारणा व्यक्त गर्नुभयो ।

बैंकका सञ्चालक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको समन्वयात्मक भुमिकामा गण्डकी बिकाश बैंकले अवसर प्राप्त गरे असाहय,जेष्ठ नागरिक र अपांगता भएको ब्यक्ति हरुको घरसम्म पुगेर बैङ्किङ सेवा प्रदान गर्न तयार रहेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा बैंकका सिईओ रेशम कुमार थापाले आफुहरुले ५० हजार देखि माथि ऋिण प्रबाह गर्न सकिने भन्दै नारी बचत,जनरल रेभिङ,मोवाईल बैकिङ जस्ता सेवाहरु आफूहरुले प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा तुलसिपुर उधोग वाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावत,राप्ती बबई क्याम्पसका सहायक प्राचार्य सुर्य प्रसाद शर्मा ,सहकारी अभियान्ता सुक्र राज भण्डारी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण बैंकका प्रबन्धक छबिलाल भण्डारीले गर्नुभएको थियो ।


















