काठमाडौं। नेकपा एमालेको भातृ संगठन युवा संघले योहो टेलिभिजनबाट प्रशारित सामाग्रप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिलमा उजुरी दिएको छ।
सो टेलिभिजनबाट वैशाख २८ गते प्रशारित ‘शरणार्थी प्रकरणः ओली–देउवा दम्पत्तिकै नाम मुछियो, गृहमन्त्रीको निर्देशन, एसएसपी कार्की गम्भीर तयारीमा’ शीर्षकको सामाग्रीप्रति युवासंघका अध्यक्ष क्षितिज थेबेले आपत्ति जनाउँदै प्रेस काउन्सिलमा उजुरी दिएका थिए।
उक्त उजुरीप्रति प्रेस काउन्सिलले योहो टेलिभिनजलाई जानकारी गराएको थियो। पछि योहो टेलिजिभनले खण्डन प्रशारण गरी काउन्सिललाई जानकारी गराएको थियो।



















