काठमाडौं । चलचित्र विकास बोर्डले वार्षिक रुपमा प्रकाशन हुने प्राज्ञिक अनुसन्धानमूलक पुस्तक ‘चलचित्र मञ्च’को आगामी अंकको लागि खोज तथा अनुसन्धानमूलक लेख, रचना माग गरेको छ।
लेख पठाउँदा चलचित्रक्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा प्रत्यक्षरुपमा सहयोग पुग्ने किसिमको चलचित्र क्षेत्रसँग सम्बन्धित गतिविधि, खोज तथा अनुसन्धानमूलक पठाउनुपर्ने प्रकाशन समितिका संयोजक एवम् बोर्ड सदस्य रविचन्द्र अधिकारीले बताए।
लेख रचना चलचित्रक्षेत्रसँग सम्बन्धित नीति, कानुनी व्यवस्था,चलचित्र निर्माण प्रदर्शन तथा वितरण, बक्स अफिस व्यवस्था,चलचित्र विकास बोर्डको भूमिका, स्वदेशी तथा विदेशी चलचित्र बजारको विद्यमान अवस्था, नेपाली चलचित्रक्षेत्रमा गर्नुपर्नै विविध पक्षको सुधार, चलचित्र जाँच सम्बन्धी विषय लगायतका चलचित्र क्षेत्रको विकास विस्तार र प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्ने किसिमको हुनुपर्ने अधिकारीले बताए।
प्राज्ञिक अनुसन्धानमूलक लेख रचनालाई प्राथमिकता दिइने र प्रत्येक लेख कम्तिमा पाँच हजार शब्दको हुनुपर्नेछ।
प्रकाशनको लागि छनोट भएका लेख रचनाको स्तर अनुसार लेखकलाई बोर्डबाट निर्णय भए बमोजिमको पारिश्रमिक उपलब्ध गराइनेछ।
छनोटमा नपरेका लेखहरू सम्बन्धित लेखकलाई नै फिर्ता हुनेछन्।


















