काठमाडौं । टोखा नगरपालिका-९ मंगलटोल डेरा गरी बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका-१३ घर भएका ३८ वर्षीय मनोज शाहीको कोठाबाट ल्यापटप १ थान र नगद १० हजार रूपैयाँ सोमबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















