राटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला विराटनगरमा सुरु भएको छ । विराटनगरको जैंन भवनमा केहीबेरदेखि भेला सुरु भएको हो ।
पालिका सभापतिहरूको भेला भनिएको कार्यक्रममा संस्थापन पक्ष सहभागी भएको छैन । संस्थापन पक्षले आजको भेलालाई अवैध भनेको छ ।
नेपाली कांग्रेस विराटनगर नगरसभापति तथा कोइराला पक्षका नेता दीपक चापागाईंले सभापतिको भेलामा प्रदेशभरका पालिका सभापतिहरू आएको दाबी गरे । पाँच वटा महानगरसभापति पनि कार्यक्रमका लागि आएको उनले जनाए ।


















