संखुवासभा । खाँदबारी नगरपालिका-८ बिष्णुधारास्थित सडकमा को.२ त ३२१६ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ ढोलबाजे बस्ने ६३ वर्षीय यज्ञ बहादुर तामाङको शुक्रबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


















