प्रभु बैंकको नयाँ शाखा ताप्लेजुङको फुङलिङ नगरपालिकामा

170

ताप्लेजुङ / प्रभु बैंकको ताप्लेजुङको फुङलिङ नगरपालिका ४ मा नयाँ शाखा कार्यालय विस्तार भएको छ । संचालनमा आएको बैंकको उद्घाटन फुङलिङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले गरेका थिए । मेयर प्याकुरेलले प्रभु बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा आफ्नाे शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरेका थिए ।

उनका अनुसार अब फुङलिङ नगरपालिकाबासीहरुलाई नजिकैबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सहि सदुपयोग गर्न आव्हान पनि गरे । आजदेखि सञ्चालनमा आएको शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र फुङलिङ नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here