ग्रेटर नेपालको अभियान विश्वव्यापी हुँदै ! संयुक्त राष्ट्र संघमा पुग्यो नक्शा

443

काठमाडौं  /  विगत २०३ वर्षदेखि नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिन पहिले बेलायत र त्यसपछि इन्डियाको उपनिवेशको जाँतोमा पिसिँदै आएको दुर्दान्त पीडाको आवाजको सुनुवाइ गर्न अनुरोध गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा लामो प्रयासपछि ग्रेटर नेपालको नक्सा लिएर संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद् अगाडि उभिन पुगेको छ ।

नेपाली समयअनुसार हिजो चैत्र २ गते सनिवार साँझ ४ : ३० बजेतिर जेनेभास्थित UNITED NATIONS अगाडिको (ब्रोकन चेयर) मा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले ग्रेटर नेपालको नक्सा प्रदर्शन गरेर नेपालीहरूको लामो प्रतीक्षाको घडी पार गरेका थिए । ब्रोकन चेयरमा गत बिहीबार गर्ने भनिएको प्रदर्शन जेनेभामा दिनभर पानी परेका कारण गर्न नसकिएकोमा मौसममा सुधार भएपछि शनिबार सम्पन्न भएको मोर्चाका अध्यक्ष नेपालले जानकारी गराएका छन् ।

ग्रेटर नेपालका अभियन्ता नेपालले हाम्रा संवाददातालाई टेलिफोनमा बताएअनुसार उनले पहिले UNITED NATIONS को प्राङ्गणमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूका झन्डासँगै राखिएको नेपालको राष्ट्रिय झन्डाका अघिल्तिर ग्रेटर नेपालको नक्साका साथ उभिएर नेपाली जनताका नाममा कसम खाँदै त्यसपछि संसारलाई आफ्नो पीडाको आवाज र विरोधको स्वर सुनाउन पाउने ठाउँका रूपमा बहुचर्चित ब्रोकन चेयरमा उभिएर ग्रेटर नेपालको नक्सा देखाएका थिए । त्यसपछि उनलाई साथ दिन त्यहाँ अइपुगेका नेपालीहरूले पनि ग्रेटर नेपालको नक्सा प्रदर्शन गरी नेपालको जमिनमा भारतीय उपनिवेशको विरोध गरेका थिए ।

हाम्रा संवाददाताले जेनेभा पुगेर ब्रोकन चेयरमा ग्रेटर नेपालको नक्सा प्रदर्शन गर्न पाउँदा तपाईंलाई कस्तो लागेको छ भनेर सोध्दा मोर्चाका अध्यक्ष नेपालले ग्रेटर नेपाल आन्दोलनलाई यस घटनाले अर्को मोडमा पुर्‍याइदिएकोमा आफूलाई खुसी लागेसँगै उत्तरदायित्व पनि बढेको जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here