सुकुन्दा साहित्यिक बार्षिक पत्रिका प्रकाशन हुने

78

काठमाडौं। रत्न राज्यलक्ष्मी क्याम्पसकाे मुखपत्र सुकुन्दा नेपालभाषाकाे साहित्यिक बार्षिक पत्रिका  प्रकाशन हुने भएकाे छ ।

शुक्रबार प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा प्रशान्त डंगोलको अध्यक्षतामा बसेको सुकुन्दा साहित्य पाःलाः को बैठकले सुकुन्दा नेपालभाषाकाे साहित्यिक बार्षिक पत्रिका यस वर्षको अंक प्रकाशन गर्ने निर्णय गरेको हो।

नेपालीहरूको महान चाड दशैं र न्हूदँ नेपाल सम्बत ११४४ तथा शुभदिपावली अवसर पारेर प्रकाशनमा ल्याउने भएको छ । सो बैठकमा शिक्षक प्रा.डा चन्द्रमान बज्राचार्य, सृमिला सुवाल, योगेन्द्र राजकर्णीकारको संयुक्त सल्लाहकार मण्डल गठन गरिएको छ।

शिक्षक प्राडा चन्द्रमान बज्राचार्यले यो ऐतिहासिक पत्रिका भएकोले यो पत्रिका गुणस्तरीय रुपमा प्रकाशनमा ल्याउन सम्पूर्ण नेपालभाषा अध्ययनरत विद्यार्थीले सहयोग गर्नुपर्ने र आफूले पनि विद्यार्थीलाई आवश्यक हुने सहयोगी लेख रचना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शिक्षिका सृमिला सुवालले यो विद्यार्थीको प्रतिभा देखाउने उत्तम माध्यम भएकोले सम्पूर्ण विद्यार्थीलाई आ–आफ्नो प्रतिभा देखाउन अनुरोध गरिन्। विद्यार्थीका लागि पुस्तक अभाव मुख्य समस्या भएकाले यस विषयमा आफूले कलम चलाउने धारणा राखे ।

नेपालभाषा शिक्षक योगेन्द्र राज कर्णिकारले धेरै वर्षको अन्तरालपछि सुकुन्दाले निरन्तरता पाएकोमा खुसी व्यक्त गर्दै सम्पादनमा आफूले आवश्यक सरसहयोग गर्ने प्रतिबद्धता जनाए।

सुकुन्दा साहित्य  पाः लाःका अध्यक्ष प्रशान्त डंगोलले सुकुन्दा साहित्य पाःलाः इतिहास बोकेको पत्रिका भएकोकोले यस्लाई पुनः जीवन दिन आफूहरु लागेको बताउँदै सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएका छन्।

रत्न राज्यलक्ष्मी क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले रत्न राज्यको साहित्यिक मुख पत्रिकामा आ–आफ्नो प्रतिभा सीप, अनुभव प्रस्फुटन गर्ने उचित माध्यम रहेकोले समय सान्दर्भिक लेख रचनाहरु प्रदान गर्न समेत अध्यक्ष डंगोलको आग्रह गरेको छ ।

विद्यार्थीको प्रतिभालाई तिखार्दै लैजाने उद्देश्यले आफूहरुले सुकुन्दा साहित्य पाःलाः धेरै वर्षको अन्तराल पछि पुनः स्थापना गरेर ७ अ‍ौं अंक प्रकाशनमा ल्याएको र अब ८ अ‍ौं अंक प्रकाशनमा ल्याउन लागेको जानकारी गराए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here