सरकारको पछिल्लो कदम सकारात्मक

47

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारको पछिल्लो कदम सकारात्मक रहेको जनाएकाे छ । आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा समसामयिक विषयमा पार्टीको स्थिति सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले सो कुरा बताउनुभएकाे हाे ।

नक्कली भुटानी शरणार्थीमाथि कारबाही, मिटरब्याज पीडितलाई न्याय दिन कानुन निर्माण, विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्वता, बिदाको दिनमा कार्यालय सुचारु राख्ने, इतिहासमै पहिलो पटक समयमै पाठ्यपुस्तक विद्यालय पु¥याएको जस्ता सरकारका कदम सकारात्मक रहेको माओवादी केन्द्रले जनाएको हो ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, खासगरी, भ्रष्टाचारविरुद्व शून्य सहनशीलता कायम गर्ने कामले गलत ढंगबाट पैसा आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गरेको र श्रम, उत्पादनप्रति सम्मान बढेको औंल्याइएको छ ।

प्रवक्ता महराले यससँगै पार्टीको पदाधिकारी बैठकले थप एउटा जनवर्गीय संगठन थप्ने निर्णय गरेको जानकारी दिनुभयो । “प्रवासमा काम गर्ने साथीहरु देशमा फर्किएकाको जनवर्गीय संगठन थपिएको छ । जेठमा राष्ट्रिय भेला गर्दैछ”, उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here