काठमाडौं । अस्पतालहरुमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरुले धर्ना दिएका छन्।
मंगलबार काठमाडौंको माइतीघर मण्डलामा विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरुले अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै सोमवारदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन् ।
उनले न्युन तलबमा क्षमता भन्दा बढी बिरामीको हेरचाह गरेपनि कामको मूल्याङ्कन हुन छोडेको बताइन्। उनले पछिल्लो समय नर्सहरु सुरक्षित रुपमा काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा नर्सहरुमाथि हुने टिकाटिप्पणी रोकिनुपर्ने बताइन्।
धर्नामा बस्ने नर्सहरुले कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभुति गराईयोस्,गल्ती देख्नेहरुले हाम्रो राम्रो काम पनि देखोस्,मिडियामा भाइरल हुन नर्स पेशामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन,व्यक्ति गलत होला तर नर्सिङ पेशा गलत छैन भन्ने जस्ता प्लेकार्डसहित धर्नामा बसेका छन्।


















