साम्राज्यवादको होड थियो प्रथम विश्वयुद्ध

132

प्रथम विश्वयुद्ध देशहरूबीचको लडाइँ मात्र थिएन, यो साम्राज्यवादीबीच वर्चस्वको सङ्घर्ष पनि थियो। बेलायत, फ्रान्सजस्ता पश्चिम युरोपका साम्राज्यवादीको विश्वमा अन्यत्र कैयौँ उपनिवेश थिए भने अस्ट्रिया–हङ्गेरी र रुसजस्ता पूर्वी युरोपका साम्राज्यवादीले जमिन जोडिएका युरोपेली तथा उत्तर एसियाली क्षेत्रहरूमा आफ्नो शासन सञ्चालन गरिरहेका थिए।

सन् १९१४ जुलाई २८ मा आर्कड्युक फर्डिनान्डको हत्या भयो, जो एक साम्राज्यवाद विरोधी हत्या थियो। बोस्निया हर्जगोभिनामाथि अस्ट्रिया–हङ्गेरीले कब्जा गरेपछि क्रुद्ध यङ बोस्निया समूहका सदस्यले सो हत्याको योजना बनाएका थिए।

विश्वमा आफ्नो साम्राज्य विस्तार गर्ने युरोपेलीहरूबीचको तीव्र प्रतिस्पर्धाले नै प्रथम विश्वयुद्धको मञ्च तयार पारेको थियो। यसैकारण युद्ध सकिएको केही समयमै रुसी, जर्मन, अस्ट्रिया–हङ्गेरी र ओटोमन साम्राज्य समाप्त भएका थिए।

जतिबेला प्रथम विश्वयुद्ध सुरु भएको थियो त्यतिबेला अफ्रिकी महादेशमा लगभग सबै क्षेत्रमा ब्रिटेन, जर्मनी, फ्रान्स, इटाली, बेल्जियम, स्पेन वा पोर्चुगलको अधिपत्य थियो। लगभग ती उपनिवेश सन् १८८० पछि स्थापना गरिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here