देशैभरका जिप्रकालाई क्वारेन्टिन तयारी अवस्थामा राख्न पत्राचार

81

काठमाडाैं  ।  कोरोना भाइरस (काेभिड १९) को संक्रमण अझै बढ्न सक्ने भन्दै गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न  पत्राचार गरेकाे छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले सबै प्रशासन कार्यालयमा पत्र पठाएको जानकारी दिए।  उनका अनुसार स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले गत सोमबार   पत्राचार गरेकाे थियाे ।

‘स्वास्थ्य मन्त्रालयको विज्ञप्तिको आधारमा हामीले  पत्राचार गरेका हाैं ।  भारतमा कोरोना बढेपछि नेपालमा पनि बढ्न सक्ने सम्भावना छ ध्यान दिनू भन्ने कुरा आएपछि हामीले भीडभाड हुन नदिनु पत्राचार  गरेका छौं,’ बुढाले भने। ,’सञ्चार तथा विद्युतीय माध्यमबाट चेतनामूलक सन्देशहरू प्रशारण गर्नू भनेका छौं।’  नाकाबाट प्रवेश गर्नेहरूको पनि विवरण संकलन गर्न भनिएको उनले जनाएका छन्।   त्यसैगरी, नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here