गोरखापत्रको सम्पादक सल्लाहकारमा दुई वर्षका लागि नियुक्त महर्जन नियुक्त

76

काठमाडौं । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् ।

जेठ १२ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं, कीर्तिपुर नगरपालिका(७ निवासी महर्जनलाई गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा दुई वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

४३ वर्षीय महर्जनले करिब १६ वर्षदेखि गोरखापत्रमा रहेर रिपोर्टिङ तथा सम्पादन कार्य गर्दै आएका छन् । उनी प्रेस सेन्टर, नेपालको केन्द्रीय उपाध्यक्षसमेत हुन् । यसका साथै रेडियो मिरमिरेमा करिब आठ बर्ष नेपालभाषाको कार्यक्रममा प्रमुख संयोजक, झीगु स्वनिगः पत्रिकामा मुख्य समाचार दाताका रुपमा आठ बर्षसम्म काम गरिसकेका छन् भने रेडियो नेपालमा चार बर्षदेखि अहिलेसम्म कार्यरत छन् ।

उनले त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्रमा एमफिल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here