नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन

52

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै सिंहदरबारअगाडि प्रदर्शन गरेका छन् ।

समाजले सिंहदरबारको दक्षिणतर्फको प्रवेशद्वार अगाडि प्रदर्शन गरेका थिए । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

प्रदर्शनकारीहरूले ‘नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर’‚ ‘शीर्ष नेता भ्रष्ट छन् : नेपाल जनता त्रस्त छन्’‚ ‘शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर’‚ ‘भ्रष्टाचार हटाऊ : लोकतन्त्र बचाऊ’ लगायत नारा लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here