राष्ट्रपतिले संबैधानिक रुपमा अस्तित्व गुमिसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन

50

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपति रामचन्द्र पौडेलले संबैधानिक रुपमा अस्तित्व गुमिसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले संसद्ले पास गरेको विधेयक राष्ट्रपति कहाँ प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार सभामुखलाई मात्रै रहेको हुँदा मन्त्रिपरिषदको निर्णयको आधारमा राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु संविधानको विपरीत हुने बताएका हुन् ।

एक फरक प्रशंगमा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले तीनवटै अदालतबाट जन्मकैदको सजाय पाएका रेशमलाल चौधरीलाई आम माफी दिईनु गलत भएको दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here