भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित रामेछाप मन्थली घर भएका तिर्थ कुमार थापाको मामा भान्जा ईन्जिनियरिङ कन्ट्रक्सनमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा कम्प्युटर, प्रिन्टर, फर्निचर, लगायतका विभिन्न सामानहरू पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


















