कलीकोट बालमैत्री वातावरण बनाउने

72

नगरपालिका भित्रका ११ वडा मध्य ४ वटा वडा बालमैत्री स्थानीय शासन लागु भइसकेका छन् । अब केही दिनमा वडा नं ९, १० र ११ गरी जम्मा तीन वडा घोषणाको तयारीमा रहेको छ ।

जिल्ला समन्वय समिति लगाएत सरोकारवालाहरुको टोलीले बालमैत्री स्थानीय शासन लागु हुन पुरा गर्नुपर्ने ५१ वटा सुचकका बारेमा अध्ययन गर्दा धेरै जसो सुचक पुरा भएको र केही पुरा हुन बाँकी सुचक पुरा गर्न चिल्खायावासी सक्रिय रहेको पाइएको बताएको छ । जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजीत शाहीले दुर्गम भनिएको चिल्खायाका नागरिक बालमैत्री भएको देख्दा निकै खुसी लागेको बताउनुभयो ।

बालमैत्री स्थानीय शासन लागु गर्नका लागि बाल अधिकार भित्रका चार क्षेत्र र ५१ सुचक पुरा गर्नुपर्ने हुन्छ । बालअधिकार भनेको बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागीताको अधिकार भित्रका ५१ सुचक पुरा गरी बालमैत्री बन्ने अभियानमा चिल्खायाका नागरिक जुटेको हो ।

बालबालिकाको क्षेत्रका लामो समय काम गदै आएको सेभःद चिल्ड्ेनका जिल्ला संयोजक बाले विश्वक्रर्माले जिल्ला स्तरको अनुगमनले चिल्खायाका तीन वटै वडामा नागरिकले बालमैत्री ८० प्रतिशत सुचक पुरा गरेको बताउनुभयो ।

वडा नं ११ का वडा अध्यक्ष हस्तवहादुर शाहीले विद्यालय बाहिर कुनै बालबालिका नरहेको, घरमा हुने हिन्सा अन्ते भएको, बालश्रम, सडक वालवालिका निषेध गरिएको र खोप पोषण लगाएतका सबै प्रक्रिया पुरा गरेको बताउनुभयो । अध्यक्ष शाहीले हामीले बोलेर भन्दापनि प्रमाणले देखिने भन्दै सबै नागरिकको सक्रियाता र वडाको नेतृत्वले गर्दा बालमैत्री स्थानीय शासन लागु भएको वडा घोषणा गर्न आफूहरु सक्षम भएको सुनाउनुभयो ।

बालबालिकाको क्षेत्रमा काम गदै आएको किर्डाक नेपाल सहयात्रा परियोजना संयोजक कृपराज जोसीले प्राय सुचक पुरा भएकाले जिल्ला समन्वय समितिको निर्णय अनुसार नगरका तीन वडा बालमैत्री स्थानीय शासन लागु भएका वडा घोषणा गरिने बताउनुभयो । तीन वडा घोाषणासँगै तिलागुफा नगरका ११ मध्ये ७ वटा वडा बालमैत्री बन्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here