स्ववासीहरुलाई लालपुर्जा दिन दवावमुलक आन्दोलनमा एक्यवद्धता

102

काठमाडाैं । उपत्यकामा  पुस्तौंपुस्तादेखी बस्दै आएका स्ववासीहरुलाई लालपुर्जा दिन दवावमुलक आन्दोलनमा एक्यवद्धता जनाउँदै माइतिघर मण्डलामा उपत्यका बासिन्दाहरूले साेमबार विरोध  प्रदर्शन गरेका छन् ।

सयौंवर्षदेखि बसोबास गर्दै आइरहेको काठमाडौंका भित्री बस्तीका बासिन्दाहरूले स्वबासी दर्ता खुल्ला गर्न मार्ग गर्दै मडलामा  धर्ना  बसेकाे थियाे। राणाकाल देखि अहिलसेम्म लालपुर्जा लिन बञ्चित भई उनीहरुको गुनासो छ ।

स्वबासीहरुको भुमी दर्ता फुकुवा गर, मुलबासीहरको भुमी अधिकार सुनिश्चित गर भनेर ब्यानर तथा प्लेकार्डसहित  गरेका हुन ।

आफूहरूलाई  अन्याय भएकाे जनाए जनाउँदै  स्वबासी दर्ता खुल्ला माग  गरेका थिए । अझै पनि असन, मरुढोका, टोल, ह्युमत, लगायतका प्रायः जसो भित्री सहरमा सयौं स्ववासीहरुको बसोबास गर्दै आइरहेका छ ।

हालै सरकारद्धारा स्वबासी समस्या समाधान गर्न घोषणा गरिसकेको अवस्थामा पनि फास्ट ट्रयाकबाट काम होस् भनि स्वबासीको समस्या समाधान गर्न लागि परेको समाजसेवी प्रतिक खड्गीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here