कैलालीमा बुहारीको हत्या गरेको आरोपमा उनकी सासुलाई पक्राउ

109

धनगढी । कैलालीमा बुहारीको हत्या गरेको आरोपमा उनकी सासुलाई पक्राउ गरिएको छ भने ससुरा फरार रहेका छन्। जिल्लाको गौरिगङ्गा नगरपालिका १ स्थित केदारेश्वर सामुदायिक वनमा २८ वर्षीया कविता बुढा मृत फेला परेकी थिइन्।

प्रहरीका अनुसार उनको शव हिजो वनमा खाल्डोभित्र गाडिएको अवस्थामा फेला परेको थियो। बुढाका परिवारले उनी हराएको भन्दै सोमबार मात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। उनको हत्या गरेर शव गाडिएको प्रहरीको भनाइ छ।

मृतक बुढाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी रहेका छन्। केही दिनअघि मात्रै उनको ससुरासँग झगडा भएको बताइएको छ। ससुराले नै उनको हत्या गरेको प्रहरीको आशंका छ।

उनी घरमा सासू ससुरा र देउरानीसँग बस्दै आएकी थिइन्। पक्राउ परेकी सासुमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। फरार ससुराको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here