एसइई नतिजा असार तेस्रो सातामा सार्वजनिक हुने

74

काठमाडाैं । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ ।

बोर्डले उत्तरपुस्तिका परीक्षणका लागि मुलुकभर ५१ वटा केन्द्र तोकेको छ । ती केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरेपछि केन्द्रमा पठाउनुपर्ने हुन्छ ।

सबै केन्द्रबाट उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटरमा प्रविष्ट गराइने परीक्षा नियन्त्रक श्रेष्ठले बताए ।गत चैत १७ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा कुल १२ हजार ८३ विद्यालयबाट चार लाख ८५ हजार ३९६ जना परीक्षार्थी सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here