नेपालभाषाकाे ‘स्रष्टा व सिर्जना’ कार्यक्रम भव्य रूपमा सम्पन्न

57

काठमाडौं । नेपालभाषा एकेदेमिमा ‘स्रष्टा र सिर्जना’ को दोस्रो संस्करणकाे नेपालभाषा क्षेत्रका चर्चित आख्यानकार मथुरा सायमिसित बृहत कार्यक्रम गत शनिबार भव्य रूपमा सम्पन्न भयाे ।

नेपालभाषा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान दिएका साहित्यकारको जीवन र सिर्जना पक्षलाइ प्रस्तुत गर्ने उद्वेश्यले

जनकवि दुर्गालाल श्रेष्ठ प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एकेदेमिका सदस्य सचिव डा. पुष्पराज राजकर्णिकारले स्वागत मन्तव्य राखेको कार्यक्रममा भाइस चान्सलर मल्ल के सुन्दरले कार्यक्रमको उद्देश्य बारेमा प्रस्टयाएका थिए ।

आख्यानकार सायमि स्वय्मले  कथा वाचन गरेर सुनाएको कार्यक्रममा शाक्य सुरेन, शरद कसाः र प्रतिसरा सायमिले मथुरा सायमिलाई कथा वाचन गरी सुनाएकाे थियाे ।

साे कार्यक्रमा लोककवि राजभाई जकःमिले मथुरा सायमिका विषयमा आफ्नो सिर्जनात्मक कविता वाचन गरेर सुनाएकाे साथै कीर्तिपुरमा वीर प्रसाद भन्सारीले गीत गाएर सुनाएको थियो । साथै बाल कलाकाले समेत सांस्कृतिक नाच प्रस्तुत गरिएको अतिथिका रूपमा भाषासेवी एवम् इ. राजदास श्रेष्ठ समेत पाल्नु भएकाे थियाे ।

कार्यक्रमा समालोचक प्रा प्रेमशान्ति तुलाधरले आख्यानकार सायमिको जीवनी प्रस्तुत गरिएको थियो भने साहित्यकार रीना बानियाँ तुलाधरले लेखक सायमिको उपन्यास कृतिलाई चर्चा गरिएको थियो । साथै उपन्यासकार राज सायमिले मथुरा सायमिया जीवनका विविध पक्ष प्रस्तुत गरिएको थियो  । कार्यक्रम नेपालभाषा एकेदेमिका चान्सलर यज्ञरत्न धाख्वाःका सभाअध्यक्ष्यतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here