सरकारले छुट्याएको बजेट सोझै जनताको हातमा पु-याउने कार्यविधि बनाउने

126

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादन र रोजगारीको नाममा सरकारले छुट्याएको बजेट सोझै जनताको हातमा पु-याउने कार्यविधि बनाउने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलामा प्रधानमन्त्री दाहालले विगतमा यस क्षेत्रमा छुट्याएको बजेट जनताको हातमा नपुगी विचौलियाको हातमा पुग्ने गरेको बताएका हुन् । उनले बजेट अब सोझै जनताको हातमा पु-याउने कार्यविधि बनाउने तयारीमा जुटेको बताए ।

उनले भने,‘विगतमा अनुदान र सहयोगको नाममा अरबौं रुपैयाँ वास्तबिक श्रम गर्नेहरुको हातमा नगएर विचौलियाको हातमा गयो बालुवामा पानी खन्याको जस्तो पैसा गएर पनि काम भएको छैन् । त्यसैको अनुभवमा अहिले गुणात्मक ढङ्गले सीधै जनताको हातमा अरबौ कसरी पु-याउन सकिन्छ भनेर कार्यविधि बनाउँदै छु ।’

प्रधानमन्त्री दाहालले अहिलेको नीति तथा कार्यक्रममा उत्पादन, रोजगारी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई जोड दिएको बताए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here