६२ जना विद्यार्थीमा दादुराकाे लक्षण

55

काठमाडौं । काठमाडौंको गोकणेश्वर नगरपालिका –९ स्थित जोयो कदम्पा विद्यालयमा थप ६२ जना विद्यार्थीमा दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएको छ  । परिवार कल्याण महाशाखाका अनुसार उक्त विद्यालयमा ५६० जना रहेकोमा ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएको हो ।

शंकास्पद बिरामी आठ देखि ३८ वर्ष उमेरका रहेको नगपालिकाले उल्लेख गरेको छ । शंकास्पदमध्ये नौ जना अस्पतालमा भर्ना भएकोमा सात जना निको भइसकेको र दुई जना उपचारमा रहेको महाशाखाले जनाएको छ ।

गत जेठ २४ गते सोही विद्यालयमा शंकास्पद बिरामीको नमुनाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा चार जनामा दादुरा पुष्टि भएको थियो ।
प्रकोप  प्रभावित  स्थानमा सम्बन्धित स्वास्थ्यकर्मीलाई सङ्क्रमण नियन्त्रणबारे जानकारी गराएको र शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्नुका साथै भिटामिन ‘ए’ खुवाइएको नगपालिकाले जनाएको छ ।

के हो दादुरा ?
चिकित्सकका अनुसार दादुरा मिजल्स् भाइरसबाट हुने अति सङ्क्रमक रोग हो । यो रोग कुनै पनि उमेरको मानिसलाई र विशेष गरी बालबालिकालाई लाग्न सक्दछ । अति सङ्क्रामक भएको कारणले गर्दा यो रोगले छुट्टै महामारीको रुप लिन सक्दछ । यो रोग सङ्क्रमित व्यक्तिले खेक्दा, हाच्छिउँ गर्दा वा श्वाप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।

उच्च ज्वरो आउनु, खोकी लाग्नु, आँखा रातो हुनु, शरीरमा राता मसिना बिरामीहरु देखिनु, नाकबाट पानी बग्नु, खोकी लाग्नु यो रोगका मुख्य लक्षण हुन् ।

दादुरामा भएमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, श्वाप्रश्वासको कडा सङ्क्रमण हुने, आँखामा समस्या भई अन्धोपन हुने, मष्तिकमा कडा खालको सुजन हुने, ज्वरो आउने, कम्पन हुने जस्ता कारण मृत्यु पनि हुने सम्भावना हुन्छ ।

त्यसैले दादुराका चिन्ह वा लक्षणहरु देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सको सुझाव छ । दादुरा सङ्क्रमित बालबािलकालाई साविकभन्दा बढी पोषिलो खानेकुरा खुवाउने । चिकित्सकको सल्लाह अनुसार भिटामिन ‘ए’ खुवाउन चिकित्सकले सुझाव लिएको छ ।

बालबालिकालाई दादुराबाट बचाउन नौदेखि १५ महिना उमेरका बालबालिका र खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here