प्रधानमन्त्री ओलीको कदम गम्भीर गल्ती

102

काठमाडौं । नेपाल कम्युनिस्ट पाटी मसालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम गम्भीर गल्ती तथा अप्रजातान्त्रिक कदम रहेको भन्दै विरोध जनाएको छ ।

मसालले  विज्ञप्ति  जारी  गर्दै संसद विघटनको कदमप्रति कडा आपती जनाएको छ । उक्त कदमलाई नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले असंवैधानिक कदमको संज्ञा दिनुभएको छ । उहाँले यस कदमको विरुद्ध सहकार्यका निम्ति सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुलाई आह्वान पनि गर्नुभएको छ ।

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, — ‘मन्त्रीपरिषद्धारा प्रतिनिधि सभालाई विघटन गर्ने र त्यसकालागि राष्ट्रिपतिलाई सिफारिस गर्ने जुन निर्णय गरेको छ त्यसलाई नेकपा मसालले गम्भीर गलती र अप्रजातान्त्रिक कदम ठान्दछ र त्यसको कडा शव्दमा विरोध र भ्रत्सना गर्दछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here