कामु प्रधानन्यायाधीश कार्कीको उजुरीमाथि बुधबारदेखि छलफल हुने

15

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज (सोमबार) बसेको बैठकले उहाँमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो ।

समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बसेको बैठकबाट कामु प्रधानन्यायाधीश कार्कीका सम्बन्धमा विभिन्न २९ उजुरी परेका जनाइएको छ ।

बैठकमा उक्त उजुरी समितिका सदस्यलाई वितरण गरेको छ भने सदस्यले मङ्गलबार अध्ययन गरेपछि बुधबार बैठक राखेर उजुरीकर्तालाई बोलाइ छलफल गर्ने जनाइएको छ । समितिले जेठ ३२ गते कामु प्रधानन्यायाधीश कार्कीलाई बैठकमा बोलाएर सुनुवाइ प्रक्रिया टुङ्ग्याउने तयारी गरेको छ । आजको बैठकले समितिको बैठक कार्यविधि परिमार्जनसहित पारित गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here