प्रधानमन्त्रीको राजीनामा मागेपछि…

90

काठमाडौं ।  प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि नेकपा माओवादीले आपत्ति जनाएको छ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधको विषय जोडेर रिट दायर भएकाले पदमा बस्न नमिल्ने भन्दै राजीनामा माग गरेका थिए। लेलिन विष्ट सहिले माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै रिट दायर गरेका थिए।

 

सुरुमा उनको रिट दरपिठ भएको थियो। शुक्रबार सर्वोच्चले दर्ता गर्न आदेश गरेपछि आइतबार दर्ता भएको हो। रिटको पेसी जेठ ३० गते तोकिएको छ। उक्त रिट दर्ता भएपछि राप्रपाका प्रमुख सचेतक शाहीले उक्त कुरा संसदलाई जानकारी दिँदै राजीनामाको कुरा उठाएका थिए।

राप्रपाले सदनमा राजीनामाको कुरा ल्याएपछि माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले नियमापत्ति जनाएका थिए। उनले प्रधानमन्त्रीको राजीनामा माग्नेसम्बन्धी भनाई संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए। सभामुख देवराज घिमिरले आफ्नो ध्यानाकर्षण भएको भनी उनको भनाइ टारेका थिए। माओवादीका तर्फबाट सापकोटाले आपत्ति जनाउँदै उक्त भनाइलाई असंसदीय  भएको दाबी गरेका थिए।

प्रतिपक्षले प्रधानमन्त्री र अन्य मन्त्रीहरुको राजीनामा माग गर्नु संसदीय अभ्यासमा स्वभाविक मानिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here