संविधानको रक्षा गर्न अहिंसात्मक नागरिक प्रदर्शन

161

काठमाडौं । प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसीसहितको अहिंसात्मक नागरिक प्रदर्शन माइतीघर मण्डलामा सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ‌‌ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनका विरूद्ध केही दिनयता विभिन्न क्षेत्रका नागरिकहरू भेला भएर प्रदर्शन गरिरहेका छन्।

शनिबार १२ बजेदेखि सुरू भएको अहिंसात्मक प्रदर्शनमा डा गोविन्द केसीको पनि उपस्थिति रहेको छ। प्रदर्शनमा ‘प्रतिनिधि सभा मार्न पाइँदैन‚ निरंकुश सरकार चाहिँदैन’‚ ‘नागरिक अघि बढ्दैछ। लुट तन्त्र ढल्दैछ’ जस्ता नारा लेखिएको पर्चा बोकेर विरोध जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here