काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । उनले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले गत १३ वैशाखमा पहिलो पटक विश्वासको मत लिएका थिए ।
संघमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन बनेको छ । सोही अनुसार कँडेल नेतृत्वको मन्त्रिपरिषद्बाट माओवादी बाहिरिएको छ भने कांग्रेस सहभागी भएको छ ।
सरकारमा सहभागी दलले सरकार छाडेपछि वा समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन् ।
यसबाहेक नेकपा माओवादी केन्द्रका १३, रापप्रा र नेकपा एकीकृत समाजवादीका १/१ र स्वतन्त्र सांसद १ जना छन् ।


















