नामी कलेज एसइई प्रिन्सेस २०२३ को ताज प्राश्ना श्रेष्ठले जितिन्

32

काठमाडौं । सिजन मिडियाले राजधानीमा सोमबार साँझ आयोजना गरेको ‘नामी कलेज एसइई प्रिन्सेस २०२३ को ताज प्राश्ना श्रेष्ठले जितेकी छिन्। विश्व निकेतन स्कुल, त्रिपुरेश्वरबाट एसइई परीक्षा दिएकी १६ वर्षीया प्राश्नाले १७ प्रतियोगीलाई पछि पार्दै शीर्ष ताज जितेकी छिन् भने विधागत अवार्डतर्फ मष्ट ट्यालेन्टको अवार्ड पनि हात पार्न सफल भइन्।

त्यसै गरी फर्स्ट रनरअप अदिती शर्मा भइन् भने उनले विधागत अवार्डतर्फ पर्सनालिटी अवार्ड पनि जित्न सफल भइन्। सेकेण्ड रनरअप अनुष्का श्रेष्ठ भइन् भने उनले विधागत अवार्डतफ भिर्योस च्वाइस अवार्ड प्राप्त गरिन्, थर्ड रनरअप लमजुङकी कृतिका श्रेष्ठ भइन् भने उनले भोटीङमार्फत पपुलर अवार्ड पनि प्राप्त गरिन्। फोर्थ रनरअपको ताज प्रतिस्ना कार्की जित्न सफल भइन् भने उनले विधागत अवार्डतर्फ क्रियटिभ अवार्ड पनि जित्न सफल भइन् ।

त्यसैगरी अन्य विधागत अवार्ड तर्फको ‘सिन्सियर सजना तामाङ, हम्बल प्रशंशा लिम्बु, अनेष्ट आर्सी मर्हजन, प्रिटी श्रीयुती भण्डारी, वेष्ट स्माइल सुमीता महतो, हार्ड ओर्किङ कामना कुमारी खड्का, फोटोजेनिक विशाखा तामाङ, इनोसेन्ट सैयुजा कुँवर , फ्रेन्डसिप एन्जल मर्हजन , स्टाइलिस सलिनता गुरुङ, वेष्टवाक अनु खड्का ,कन्फिडेन्ट अश्लेसा सिटौलाले जिते।

प्रतियोगीताको उद्घाटन प्रमुख अतिथि संघिय मामिला तथा सामान्य प्रसाशनमन्त्री माननिय अमनलाल मोदीले गरेका थिए । उक्त कार्यक्रममा प्रतियोगीहरूलाई हौसला दिदै मन्त्री मोदीले यस्ता कार्यक्रमले छात्राहरूको व्यक्तित्व विकास,नेतृत्वको विकास र अनुशासित र निर्डर वनाउन सहयोगी भूमिका खेल्ने बताए।

प्रतियोगिताको निर्णायकमा साउथ वइस्र्टन स्टेट कलेजका इन्टरनेशनल प्रोग्राम कोअर्डिनेटर सरिता शाक्य प्रधान,नेपाल एयर होस्टेज एकेडेमीका मुख्य प्रशिक्षक नितु थापा मिसेस ब्यूटी क्वीन विजेताहरू शान्ति लिम्बु र लसता शाक्य, सञ्चारकर्मी श्रद्धा अर्याल, काठमाडौं फोटोग्राफर एसोसिएसनका अध्यक्ष डिगम्बर राजवंशी, फेशन डिजाइनर निशा श्रेष्ठ रहेका थिए।

उक्त प्रतियोगितामा सहभागी भएर विजेता हुने प्राश्ना श्रेष्ठले नामी कलेज एसइई प्रिन्सेज २०२३’ को ताज र उपाधिसहित नामी कलेजको तर्फबाट उच्च शिक्षा अध्ययनका लागि एक लाखको छात्रवृत्ति साथै नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट स्कलरसिप, इमव्यालिस स्टुडियोको तर्फबाट २० हजारको गिफ्ट भौचर, स्ट्याण्ड फ्यान लगायत विभिन्न उपहार हात पारिन्।

त्यस्तैगरी फस्ट रनरअप र सेकेण्ड रनर अपले पनि नामी कलेज र साउथ वेस्टन स्टेट कलेज, हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज, स्वस्तीश्री आइवी वर्ल्ड स्कुल रेडन कलेजमा  १ लाख बराबरको छात्रवृत्ति साथै नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट स्कलरसिप, इमव्यालिस स्टुडियोको तर्फबाट २० हजारको गिफ्ट भौचर, स्ट्याण्ड फ्यान लगायत विभिन्न उपहार प्राप्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here