‘अखण्ड भारत’ को विरोधमा कूटनीतिक नोट पठाउन माग

53

काठमाडौं । भारतले आफ्नो नयाँ संसद भवनमा राखेको ‘अखण्ड भारत’ को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू–भाग समेटेको ‘अखण्ड भारत’ को नक्साको विरोधमा नेपाल सरकारले तत्काल कूटनीतिक नोट पठाउन माग गरेका हुन् । भारतलाई कूटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन उनले माग गरे ।

हालै भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here