क्रोएसिया नेसन्स लिगको फाइनल प्रवेश

77

काठमाडौं । आयोजक नेदरल्यान्ड्सलाई हराउँदै क्रोएसिया युइएफए नेसन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

ब्रुनो पेटकोझिच र कप्तान लुका मोड्रिचले अतिरिक्त समयका गरेको गोलमा क्रोएसियाले गएराति नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गर्दै नेसन्स लिगको फाइनलमा प्रवेश गरेको हो ।

घरेलु टोली नेदरल्यान्ड्सले डोनयेल मालेनको गोलमा सुरुवाती अग्रता लिएको थियो । उनले ३४ औं मिनेटमा गोल गरेका थिए ।

तर क्रोएसियाका लागि आन्द्रेज क्रामारिचले ५५ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याए । मारियो पासालिचले ७२ मिनेटमा गोल गोल गरे । यसले क्रोएसियालाई अग्रता दिलायो । नोआ लांगले ९६ औं मिनेटमा गोल गर्दै खेल फेरि खेल बराबरीमा ल्याए । त्यसपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको थियो । त्यसै क्रममा क्रोएसियाले दुई गोल गर्दै खेल सहजै जित्यो ।

गत वर्षको विश्वकपमा सेमिफाइनल पुगेको क्रोएसिया थियो । अहिले फाइनलमा पुगेको छ । क्रोएसिया अब देशका लागि पहिलो उपाधि जित्न सक्ने संघारमा पुगेको छ ।

बिहीबार हुने दोस्रो सेमिफाइनलमा स्पेन र इटालीबीच खेल हुनेछ । यसको विजेताले क्रोएसियाविरुद्ध उपाधि भिडन्त गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here