सर्ट फिल्मको अवार्ड जित्न सफल

72

काठमाडौं। दर्शनवीर शाक्यद्वारा निर्देशित नेपाल भाषाको सर्ट फिल्म इन्द्रायणी स्पाइनि व्याबलर इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट सर्ट फिल्मको अवार्ड जित्न सफल भएको छ ।

अहिलेसम्म तीन वटा अवार्ड जित्न सफल यस सर्ट फिल्मले नेपाल भाषा सर्ट मुभि अवार्ड, नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल एनसिआइएफफ अर्वाड समेत जित्न सफल भएको हो ।

छोटो चलचित्र इन्द्रायणीले विभिन्न अवार्ड जित्न सफल भएको उपलक्ष्यमा एउटा कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा इन्द्रायणीका निर्देशक दर्शनवीर शाक्यले इन्द्रायणीका कलालाकार छनोटदेखि लोकेसन छनोट सम्मका कुरा राख्नुभएको थियो भने प्रमुख पात्रको भूमिकामा देखिएका आराध्यलक्ष्मी खड्गीले यसको कथा÷पटकथा पढेर आफूले उक्त भूमिका निर्वाह गर्ने कुरामा आफैंमाथि शंका लागेको कुरा राख्नु भयो ।

निर्देशन सहायक राजन शाहीले सो सर्ट फिल्म नेवार संस्कृति र सभ्यताका विषय रहेकाले धेरै सम्वेदनशील र सावधान भई काम गरेको जनाउनुभयो । फिल्मका छायाङ्कार-सम्पादक मनोजरत्न शाहीले लाइटिङ्गको माध्यमले सो फिल्मका पक्ष तथा समयकाललाई उजागर गरेका कुरा राख्नु भयो ।

कलाकर रुपेन श्रेष्ठले समग्र कलाकार हरुको उत्साह बढेको कुरा जनाउनुभयो । आयोजित कार्यक्रममा चलचित्रसँग आवद्ध सम्पूर्ण कलाकार तथा प्राविधिकहरुलाई सम्मान पनि गरिएको थियो भने, चलचित्रका निर्माता नरेशवीर शाक्यले आफू विगत ४० वर्षदेखिे नेपाल भाषाको उत्थानमा लागिरहेको र सोहि क्रममा इन्द्रायणी चलचित्रपनि निर्माण गरेको कुरा जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here