जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

76

काठमाडौं / जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक चौतारा साङगाचोक गडी नगरपालिका-१० बस्ने २७ वर्षीय विजय तामाङ र सोही नगरपालिका-९ बस्ने २८ वर्षीय गाजले भन्ने निकेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले विजय तामाङलाई भक्तपुर सूर्यविनायकबाट बुधबार र निकेश तामाङलाई भक्तपुर बोडेबाट साउन ७ गते पक्राउ गरेको हो ।

जबरजस्ती चोरी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतको २०७१ पुस २३ गतेको फैसलाले दुवै जनालाई ४ बर्ष १ महिना १५ दिन कैद र ४३ हजार १ सय २५ रुपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय वेरुजु रही फरार रहेका थिए । २०७० सालमा प्रतिवादीहरुले सिन्धुपाल्चोक देउरालीस्थित बाटोमा हिड्ने ब्यक्तिलाई डर त्रासमा पारी नगद रकम जबरजस्ती चोरी गरेका थिए । भक्तपुर जिल्ला अदालतले दुवैजना प्रतिवादीहरुलाई कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाएको सो ब्यूरोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here