प्यूठान । माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसनले कृषिलाई व्यावसायिक र आधुनिकीकरण गर्न गाउँपालिका लागेको बताउँदैअनुदानलाई सदुपयोग गर्न आग्रह गर्नुभएकाे छ ।
आ. व २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम ” कृषि समूहलाई यान्त्रिकरण वितरण कार्यक्रम” अन्तर्गत समूहलाई कृषि औजार हस्तान्तरण कार्यक्रममा अध्यक्ष अधिकारीले यस्तो बताउनु भएको हो । कार्यक्रममा अध्यक्ष नमराज अधिकारीले समूहका सदस्यहरूलाई कृषि औजार तथा उपकरण हस्तान्तरण गर्नुभएको थियो,साथै गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले मन्तव्य सहित औजार हस्तान्तरण गर्नु भएको थियो ।
पशु शाखा प्रमुख कौशल अधिकारीले सन्चालन गर्नु भएको कार्यक्रममा कृषि शाखा प्रमुख विदुशा आचार्य, विषयगत शाखाका कर्मचारीहरु, समूहका सदस्य लगायतको उपस्थिती रहेको थियो। गाउँपालिको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।कार्यक्रममा ३२ वटा समूहलाई २१ वटा मिनीटेलर , ७ वटा कम्बाइन मिल , २ वटा मल्टिक्रप थ्रेसर , १ वटा डिजिटल तराजु , १ वटा फीड प्लेट मेसिन वितरण गरिएको हो । गाउँपालिकाका कृषि समूह/ सहकारी/ टोल विकास संस्थाबाट आवेदन संकलन गरी उनीहरुले माग गरे अनुसारका सामान खरिद गरी अनुदान सामग्री उपलब्ध गराइएको हो ।

















