लेखा सिक्दै व्यवसायि

315

शरद रेग्मी
तुलसिपुर/  शनिबार तुलसिपुरका व्यवसायिहरु आफ्नो व्यवसाय चुस्त राख्न एक दिने लेखा तालिममा सहभागी भएका छन ।

 

तुलसिपुर उद्योग बाणिज्य सङघले आफु मातहतमा रहेका किराना तथा अन्य ब्यकसायिहरुलाई जिल्लाका ठूला लेखा परिक्षकहरुलाई सहभागी गराएर तालिम तथा अन्तर्कृयामा सहभागी बनाएको छ ।

पहिलो चरणमा ५० लाख भन्दा कम कारोबार गर्ने झण्डै एक सय बढि किराना व्यवसायिहरुलाई शनिबार आफ्नै सभाकक्षमा लेखा सम्बन्धि अभिलेख तथा आएकर र भ्याटको हिसाब कसरी राख्ने भन्ने बारेमा व्यवसायिहरुले तालिम लिएका छन ।

कार्यक्रममा प्रमुख प्रशिक्षक दाङ जिल्ला अडिटर एशोसिएसनका अध्यक्ष रमेश केसिले ब्यबसायिहरुको सीप थप अभिबृद्दि गर्न आफुले सहयोग गरेको जनाएका छन उनले करमा भएको परिवर्तन सम्बन्धि जानकारी समेत व्यवसायिहरुलाई दिएका छन ।

कार्यक्रममा अर्का प्रशिक्षक अडिटर ललित बहादुर घर्तीले व्यवसायिहरुलाई अलि चनाखो भएर हिसाब राख्न समेत सुझाव दिएका छन । उनले सानो गल्तीका कारण ब्यबसायिहरु अनावश्यक झमेला खेप्नु परेको उदाहरण दिँदै लेखा सम्बन्धि जानकारी आफुले पनि अनिवार्य रुपमा लिनुपर्ने जनाउनु भयो ।

कार्यक्रममा बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतले आफुहरुले सबैलाई समेटने गरि आगामि दिनमा समेत लेखा सम्बन्धि तालिम क्रमशः सञ्चालन गर्दै जाने जनाउनु भयो । कार्यक्रमको सहजिकरण महासचिव रुपबहादुर खत्रीले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here