भुम्या पर्वको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना

71
sf7df8f}F,@! k';M k|d bfxfn l;+xb/af/l:yt cfkmg} sfo{sIfdf k|wfgdGqL k'iksdn bfxfn k|r08 . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मगर समुदायको विशेष सांस्कृतिक चाड भूम्या पर्वका अवसरमा सम्पूर्ण दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत यस पर्वले समुदायमा आधारित संस्कृतिको प्रवर्द्धन गर्दै सामाजिक सद्भाव, आपसी सहकार्य, सहमति र अनुभवको आदान–प्रदानमा महत्त्वपूर्ण प्रेरणा दिन सकोस् भन्ने कामना गर्नुभएको छ । मगर समुदायले आज सो पर्व मनाउँदै छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here