राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट संशोधन गर्दा कसैको हारजित नहुने

51

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट संशोधन गर्दा कसैको हारजित नहुने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सत्ता पक्षकै सांसदहरुको विरोध आएको भन्दै उनले बजेट संशोधन गर्दा राम्रो परम्पराको सुरुवात हुने बताए ।

शुक्रबार मन्त्रालयगत छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘संसदको सुझाव अनुसार हामीले बजेटमा परिमार्जन ग¥यौ भन्दाखेरी कसैले हारेको हुँदैन । एउटा राम्रो परम्पराको सुरुवात पनि हुन्छ, संसदको गरिमा रहन्छ ।’

बजेट संशोधन नगर्ने हो भने अहिलेको व्यवस्थालाई असफल बनाउन मदत गर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here