भारत र नेपालबीच हवाई रूट छलफल सकारात्मक

40
cGt/f{li6«o of]u lbj; e}/xjf, % c;f/ M cGt/f{li6«o of]u lbj;sf] cj;/df uf}tda'4 hGd:yn n'lDagLdf cfof]lht of]u sfo{qmd . sfo{qmddf ;+:s[lt, ko{6g Pjd gful/s p•ogdGqL ;'bg ls/fFtL, n'lDagL k|b]zsf d"VodGqL l8NnLaxfb'/ rf}w/L, g]kfnsf nflu ef/tLo /fhb"t gjLg >Ljf:tjnufotsf] ;xfeflutf 5 . tl:a/ M /fw]Zofd ljZjsdf{÷/f;;

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रूटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। मंगलबार लुम्बिनीमा आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत श्रीवास्तवले भारत र नेपाल सरकारबीच हवाई रूटको बारेमा भइरहेको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र सकारात्मक नतिजा आउने पनि प्रतिवद्धता जनाएका हुन्।

उनले दुई देशबीचको सांस्कृति सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढिरहेको बताए। पछिल्लो समय योग नेपाल र भारतमा मात्रै नभइ विश्व भर नै फैलिनु खुशीको विषय भएको उनले बताए।

‘योगले नेपाल र भारतलाई जोडेको छ, साथै यसले विश्व भर जोडिँदै गएको छ । योग भारत र नेपालमा मात्रै होइन, विश्व भर प्रचलित छ । हामी चाहन्छौं की हरेक वर्ष २० जुन वा ३१ जुनमा लुम्बिनीमा योग दिवस मनाइयोस् । यो पहिलो पटक हो, अर्को वर्षमा पनि मनाउनेछौँ । सांस्कृतिक सम्बन्धलाई नेपालसँग कसरी अघि बढाउने भन्ने बारेमा पनि हामीले छलफल गरिरहेका छौँ । हवाई रूटको बारेमा हामीले छलफल गरिरहेका छौँ । यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ,’ राजदूत श्रीवास्तवले भने।

राजदूत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा योग दिवस मनाउन भारतले चाहेको उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here