आइएमई आइपीओमा २४ करोड ४७ लाख ६३ हजार ५६७ रुपैयाँ बराबरको आवेदन

61

काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स आइपीओमा २४ करोड ४७ लाख ६३ हजार ५६७ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसको आज (बिहिबार) बिहान १०.०६ बजेसम्मको तथ्याङ्क अनुसार १३ हजार २८२ जनाले १० लाख ३३ हजार १५० कित्ताका लागि आवेदन दिएका हुन् ।

आइएमई लाइफले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि असार १ गतेदेखि असार १५ गतेसम्म प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर निष्कासन खुला गरेको हो । यस कम्पनीमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here