कामनपाले डेंगु नियन्त्रण अभियान संचालन गर्ने

39

काठमाडौं । काठमाडौं महानगरले डेंगु रोगको रोकथाम तथा नियन्त्रण कार्यलाई अभियानकै रुपमा संचालन गर्ने भएको छ। ३२ वटै शहरी स्वास्थ्य प्रवर्दन् केन्द्र र शहरी स्वास्थ्य क्लिनिकलाई पत्राचार गर्दै महानगरले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि डेंगु फैलिन सक्ने भन्दै नियन्त्रण्नका लागि अभियान संचालन गर्न भनेको छ।

रोग लाग्न नदिन विभिन्न सचेतना अभियान अन्तरगत जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविका वडाअध्यक्ष लगाएतले सम्वनयात्मक रुपमा काम गर्न भनिएको छ।

पानी जम्न सक्ने स्थानको खोजि गर्ने, पहिचान गर्ने, पानी जम्न नदिने कार्यहरू अगाडि बढाउने, ग्यारेज, अन्डर ग्राउन्ड पार्किड, गमला,प्लाष्टिकका बोटलहरु, माटोका भाँडाहरु र पाती जम्नसक्ने स्थानमा पानी जम्मा भई  लामखुट्टेको लार्भा हुन सक्ने भएकोले  नष्ट गर्ने अभियान सचालन गर्ने महानगरले जनाएको छ।

प्रत्येक दिन  वडाभित्रको टोलटोलमा सचेतनाका साथै लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानको लागि महानगरभित्रका संघ, संख्या, क्लब आदिसँग समन्वय गरी संयुक्त रुपमा परिचालन गर्ने महानगरले जनाको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here