काठमाडौं । वैशाख १ गते देखि प्रदर्शन हुने नयाँ नेपाली फिल्म ए मेरो हजुर ४ को शीर्षक गीतको भिडियो शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा प्रिमियर गरिएको छ ।
‘ए मेरो हजुर’ फिल्म निर्माणको २० वर्ष पुगेको उपलक्ष्यमा यसको चौथो संस्करणको शीर्ष गीत सार्वजनिक गर्ने कार्यक्रममा दिवङ्गत अभिनेता श्रीकृष्ण श्रेष्ठ तथा निर्देशक शिव रेग्मीलाई सम्झएना गरिएको थियो ।
नेपालको पर्यटकीय गन्तव्य फोक्सुन्डो तालको पृष्ठभूमिमा छायांकन गरिएको गीतको भिडियोमा फिल्मका अभिनेता अनमोल केसी तथा अभिनेत्री सुहाना थापालाई चित्रण गरिएको छ ।
भिडियोमा उनीहरुको जोडी आकर्षक देखिएको छ, उनीहरूको आकर्षक केमेस्ट्रीलाई
फोक्सुन्डोको मनोरम दृश्यले थप आकर्षक बनाएको छ ।
छायांकार सञ्जय लामाले शे-फोक्सुन्डो तालको पृष्ठभूमि लाई सुन्दर शैलीमा चित्रण गरेका छन् ।
फोक्सुन्डोमा छायांकन भएको ‘ए मेरो हजुर ४’ पहिलो फिल्म हो ।
शुक्रबारको कार्यक्रममा निर्देशक झरना थापाले ‘ए मेरो हजुर’ को सिक्वेलमा साधारण लभस्टोरीलाई पस्किने गरेको बताइन् ।
निर्देशक थापाले अब सिनेमा ‘भागवत गीता’ पछि मात्र ‘ए मेरो हजुर ५’ निर्माण गर्ने पनि जानकारी दिएकी छन् ।


















