काठमाडौं । कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्। कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुन जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन्। परीक्षा दिएर पास भएको तर कोरिया जान नपाएको भन्दै उनीहरूले धर्ना दिएका हुन्। ५०० भन्दा बढिको संख्यामा जम्मा भएर उनीहरूले धर्ना दिएका हुन्। धर्नाको क्रममा झडपको अवस्था सिर्जना भएको छ।
उनीहरूले अघि सारेका मागहरू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत कोरिया सरकारसम्म पुर्याउने पहल गरेको उनको भनाई छ। कोरियामा एक पटक पाच वर्ष काम गरेर फर्किएकाहरू पुन परीक्षा दिएर जान पाउने व्यवस्था छ। सोहि आधारमा परीक्षा दिएर पास भएकाहरू रोजगारदाताको छनौटमा पर्न सकेका छैनन्। उनीहरूले ईपीएस कोरिया शाखाले विभेद गरेको आरोप लगाएका छन्। तर, शाखाले भने छनौटको काम रोजगारदाताले मात्र गर्न पाउने बताए।

















