राजसंस्था पक्षधरहरूकाे अन्तरक्रिया कार्यक्रम

37

काठमाडौं ।  राजसंस्था पक्षधरहरूले विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरूसँग अन्तरक्रिया कार्यक्रम गरेका छन्।

राजसंस्था पुनःस्थापनाका लागि जेठ १५ गतेदेखि आन्दोलनको घोषणा गरिएको विषयमा उनीहरूले बौद्धिकवर्गसँग छलफल गरेका हुन्।

त्यसक्रममा राजसंस्था पक्षधरहरूको प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिएको छ।

सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको स्थापना, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रको स्थापना र केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यता अनुरूप अहिलेको भन्दा बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकारको स्थापना गरिने उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here