थानकोटमा घेरलु तथा साना व्यापार मेला हुने

126

काठमाडौं । हलिं नेवाः गुथि ब्यापार शाखाकाे अायाेजनामा चन्द्रागिरि नगरपालिका वडा नं. ३ हलि नेवाः इंगिलिश स्कुलका प्रागणमा थानकोटमा दुइ दिने व्यापार मेला हुने भएकाे छ ।

घरेलु उत्पादित बस्तुको सम्बद्र्धन प्रर्बद्धनका गर्नका लागि इतिहासमै प्रथम पटक हुन लागेकाे हलिं नेवाः ब्यापार मेला भोलि शनिवार पौष ९ गते र आइतबार १० गते हुने मेलामा निः शुल्क स्वास्थ्य शिविर अन्र्तगत पाठेघर चेक अप समेत हुने भएकाे छ ।

भोलि बिहान चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिले उद्घाटन गरिने कार्यक्रममा हलि नेवाः गुथिद्धारा उत्पादित घरेलु निर्मित सामाग्रीहरु नाम्लो चक्टी, डोको, गुन्द्री तरकारी, इक्टटिकल मोटर साइकल प्रदर्शन गरिनेछ ।

विहान १० बजेदेखि ५ बजेसम्म हुने कार्यक्रमकाे अवलाेकन गरी शाेभा बढाई दिनका लागि हलि नेवाः गुथिका संस्थापक अध्यक्ष शान्ता प्रकाश श्रेष्ठले अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here