नर्भिक हस्पिटलमा कार्डियोलोजीको निःशुल्क ओपिडी हुने

56

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार(असार १६ गते) फ्रि कार्डियोलोजी ओपिडी हुने भएको छ।

गत शनिबार(असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ(कन्सलट्यान्ट कार्डियोलोजिष्ट) डा शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपिडी सञ्चालन गरेको थियो। सर्वसाधारणहरुको अत्यधिक सहभागिता र मागका कारण डा सिलवालको टिमले आगामी शनिवार पनि पुनः मुटुरोगसम्बन्धी निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको हो।

शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क ओपिडी सञ्चालन हुने अस्पतालले एक विज्ञप्ति जारी गरी जनाएको छ। निःशुल्क ओपिडीमा सहभागिताका लागि अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ र मोवाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी आफ्नो नाम टिपाउन सकिनेछ।

नेपालीहरुमा पछिल्लो समय मुटुसम्बन्धी समस्या बढ्दो छ। यही कुरालाई मध्यनजर गरी फ्रि कार्डियोलोजी ओपिडी सञ्चालन भइरहेको हो।

नर्भिक इन्टरनेशनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व(सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरुको सहभागितामा निःशुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ। यो क्रममा सर्वसाधारणहरुको सहभागिता समेत उल्लेख्य हुने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here