नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा गैरकानुनी कार्यमा संलग्न नहुन सूचना जारी

69

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि एक सूचना जारी गरेको छ । बैंकले आज आफ्ना ग्राहकहरुका लागि एक सूचना जारी गरेको हो ।

अनलाईन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतिय भुक्तानीका माध्यमबाट अनलाईन जुवा तथा बाजीजन्य गैरकानुनी कार्यमा संलग्न नहुन आफ्ना ग्राहकलाई बैंकले सूचनामार्फत् जानकारी गराएको छ ।

उक्त कार्यमा संलग्न भएको थाहाँ पाएमा उनीहरुको बैंक खाता, मोबाइल वालेटलगायतबाट गरिने कारोबार बन्द गर्ने र कानुनी कारबाही गर्ने चेतावनी बैंकले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here