आफ्नो राष्ट्र अर्जेन्टिनालाई पनि कोपा अमेरिकादेखि लिएर विश्वकपसम्मको उपाधि दिलाए । अब युरोपेली फुटबल छाडेर उनी अमेरिकामा ब्यवसायीक लिग खेल्ने तयारीमा छन् । अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध हुनुअघि सात पटकका बालन डीओर विजेता मेसीले अभिनयमा पनि आफ्नो क्षमता देखाएका छन् ।
३६ वर्षीय मेसीले अर्जेन्टिनाको लोकप्रिय टेलिभिजन शृंखला ‘लस प्रोटेक्टर्स’ मा आफ्नो अभिनयको क्षमता देखाएका हुन् । उक्त शृंखलामा मेसीको अभिनय क्षमतालाई उनका समर्थकहरु पनि निकै मन पराएका छन् ।
मेसीले पहिलो पटक टेलिभिजन शृंखलामा अभिनय गरेका हुन् । लोकप्रिय टेलिभिजन शृंखला ‘लस प्रोटेक्टर्स’ स्टार प्लसबाट प्रसारित हुन्छ । उक्त शृंखलाको पहिलो सिजन सन् २०२२ को मार्च ९ तारिखमा सुरु भएको थियो ।
शृंखलाको दोस्रो सिजन भने सन् २०२३ को जुन २५ तारिखमा सुरु भएको छ । शृंखलाका निर्माताहरु मेसीसँग कुरा गर्न पेरिस पुगेका थिए । उनीहरुले युवा पुस्ताका फुटबलरलाई प्रोत्साहन गर्न पनि मेसीले यो शृंखलामा काम गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
उनीहरुसँगको छलफलका क्रममा एकपटक त मेसी नराम्ररी रिसाएका पनि थिए । उनले टेलिभिजन शृंखला निर्माताहरुले आफ्नो ब्यापार बढाउन आफूलाई प्रयोग गर्न खोजेको मेसीको बुझाई थियो । उक्त टेलिभिजन शृंखला तीनजना फुटबल प्रतिनिधिको विषयमा केन्द्रित रहेको समाचारमा जनाइएको छ ।
तीनैजना फुटबल प्रतिनिधि जीवनको कठिन अवस्थामा उभिएका हुन्छन् । उनीहरुको आर्थिक अवस्था निकै दयनीय हुन्छ । त्यसबाट पार पाउन उनीहरुले गरेका सँघर्षलाई शृंखलामा देखिइएको छ । त्यसपछि शृंखलामा मेसीको आगमन हुन्छ । शृंखलामा मेसीको आगमन भएलगत्तै समर्थकले सामाजिक सञ्जालहरुमा उनको अभियन क्षमताको प्रसंशा सुरु गरेका छन् ।















